जलहरी विवादबारे राप्रपा प्रवक्ता भन्छन् – शीर्ष नेताको सहमति स्वीकार्य छैन, छानबिन हुनुपर्छ – Nepal Press

जलहरी विवादबारे राप्रपा प्रवक्ता भन्छन् – शीर्ष नेताको सहमति स्वीकार्य छैन, छानबिन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिमा सुनको जलहरी प्रकरणमा विवाद उठेको विषयलाई सामसुम पार्न तीन दलका शीर्ष नेताबीच भएको सहमति अमान्य हुने बताएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री सहित तीन दलका अध्यक्षले सहमति गर्दैमा निरुपण नहुने बताए । उनले सत्यतथ्य छानबिन गरी आम जनतालाई यथाथए जानकारी दिनु सरकारको कर्तव्य भएको बताए ।

उनले भने, दुर्भाग्य ! सरकार आफ्नो कर्तव्यबाट विमुख भएको छ। सहमति शब्द आफैमा राम्रो हो तर हरेक विषयमा सहमति कायम गरिदा कहिलेकाही सत्य ओझेलमा पर्ने गर्छ। सुन कि पित्तल भन्ने विषय सहमति गरेर टुंगो लाग्ने कुरा होइन । जलहरी, जलहरीमा प्रयोग भएका बहुमुल्य धातु र यसमा संलग्नहरुको नियत एकसाथ परिक्षणका लागि छानबिन समिति गठन गरिनुपर्छ, छानबिनबाट कोही दोषी भेटिए कारबाही गरिनुपर्छ । यसमा किन्तु परन्तु स्विकार्य छैन ।’

शनिबार सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको थियो ।

साथै सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर