फाेहोरलाई मोहोर बनाउने चिनियाँ औद्योगिक क्षेत्र (तस्बिरहरु) – Nepal Press

फाेहोरलाई मोहोर बनाउने चिनियाँ औद्योगिक क्षेत्र (तस्बिरहरु)

नेपाली इन्जिनियर भन्छन्- यो तरिका अपनाए बञ्चरेडाँडा र सिसडाेलमा तनाव आउँदैन

यियाङ । चीनको हुनान प्रान्तको सहर यियाङ फोहोरलाई मोहोर बनाउन एउटा राम्रो उदाहरण भएको सहर हो। प्रान्तीय राजधानी चाङ्साबाट साढे एक किलोमिटर दुरीमा रहेको यियाङमा घरेलु, औद्योगिक, सहरीदेखि अस्पतालको फोहोर प्रशोधन गरिन्छ।

फोहोर प्रशोधनबाट ७ मेगावाट हाराहारी बिजुली निकालिन्छ। साढे ३८ लाख जनसंख्या भएको यियाङ सहरको सबै फोहोर व्यवस्थापन‘यियाङ भेनस औद्योगिक पार्क’ नामको यहि ठाउँमा हुन्छ।

करिब ९ हेक्टर क्षेत्रमा फैलिएको यो औद्योगिक क्षेत्रमा दैनिक हाल न्युनतम १६१० टनको दरले घरेलु, औद्याेगिक, सहरी तथा अस्पतालको फोहोर व्यवस्थापन हुँदै आएको छ। मुख्य सहर क्षेत्रबाट १० माइल दुरीमा रहेको यो क्षेत्र अत्यन्तै सफा छ।

नेपाल सरकारको ऊर्जा मन्त्रालयका इन्जिनियर बिजय पुरीले फोहोर व्यवस्थापनमा चीनको औद्योगिक पार्क राम्रो भएको बताए।‘काठमाडौं भक्तपुर र ललितपुर जस्ता ठूला सहरले यस्तो गर्न नेपालमा पनि सम्भावना छ’ स्थलगत अवलोकनमा पुगेका पुरीले भने, ‘यो तरिका अपनाए बञ्चरेडाँडा र सिसडाेलमा तनाव आउन्न।’

पुरीले नेपालको ल्यान्डफिल साइटमा सबै फोहोर एकमुस्ट फालिने गरेकोमा यियाङमा भने जलेको खरानी मात्रै फालेर मलको रूपमा पुन: प्रयाेग हुने राम्रो अभ्यास भएको बताए।

 

      


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *