६ रुपैयाँमा दरबारमार्गमा हेयर कट र नेल आर्ट सुविधा – Nepal Press

६ रुपैयाँमा दरबारमार्गमा हेयर कट र नेल आर्ट सुविधा

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको डिभान ब्युटि सोलनले यही जेठ १३ गते शनिबारका दिन जम्मा ६ रुपैयाँमा हेयर कट र नेल आर्टको सेवा दिने भएको छ ।

सेवा शुभारम्भको ६ औं वार्षिकोत्सवको अवसरमा ६ रुपैयाँमानै सेवा दिन लागिएको डिभानका प्रबन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिएका छन ।

कम शुल्कमा गुणस्तरीय सेवा दिइरहेपनि वार्षिकोत्सवका दिन अझै धेरै नेपालीलाई सेवा दिन सकियोस् भनेर रु ६ मा सेवा दिने निर्णय गरिएको डिभानले जनाएको छ । यो अफरले धेरै भन्दा धेरैले डिभानको गुणस्तरीय सेवा लिन पाउने भएकाले हरेक पटक वार्षिकोत्सबका दिन वार्षिकोत्सब अनुसारको शुल्कमा डिभानले सेवा दिइरहेको छ ।

आगामी वर्षमा काठमाडौं थप ६ ठाउँमा मिनी सलुन सुरु गरेर सेवा थप विस्तार गर्ने र चाँडै काठमाडौं बाहिरका शहरहरुमा पनि सेवा विस्तार गर्ने डिभानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर