बलिउड अभिनेता आशिषले गरे दोस्रो विवाह – Nepal Press

बलिउड अभिनेता आशिषले गरे दोस्रो विवाह

काठमाडौं । बलिउड अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । उनले असमको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुुन् । उनीहरुले २५ मे मा कानुनी रुपमा विवाह गरेका छन् ।

आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरेका हुन् । विवाह पछि टाइम्स अफ इन्डियासँग कुरा गर्दै आशिषले भने, ‘मैले रुपालीसँग विवाह गरेकोमा म निकै खुसी छु । हामीले आज बिहान अदालतमा विवाह गरेका छौं र बेलुका हामीले हाम्रा नजिकका र प्रियजनहरूका लागि भेटघाट समारोह आयोजना गरेका छौं।’

सञ्चारमाध्यमसँग कुरा गर्दै रुपालीले भनिन्, ‘हामी केही दिनअघि मात्रै भेटेका थियौँ तर पनि हामीले यो सम्बन्धलाई अगाडि बढाउने सोच्याै । हामी दुवैलाई बिहे गर्ने मन थियो, त्यसैले अदालतमा बिहे गर्‍यौँ ।

आशीषले पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग गरेका थिए । उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ।

आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर