सुवासको चुनौती- जलहरी सुनको होइन भने कारबाही गरियोस्, गम्भीर आरोप बोकेर सदन चल्न दिन्नौं (भिडिओ) – Nepal Press

सुवासको चुनौती- जलहरी सुनको होइन भने कारबाही गरियोस्, गम्भीर आरोप बोकेर सदन चल्न दिन्नौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिमा लगाइएको जलहरी पित्तलको प्रमाणित भए पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले यस्तो चुनौती दिएका हुन् ।

उनले भने, ‘सत्ता पक्षतर्फबाट जिम्मेवार सांसदले जुन कुरा राख्नुभयो त्यो कुनै आधार छैन गैरजिम्मेवार छ । आफू सरकार चलाई राख्नुभएको छ । सम्पूर्ण डाडूपन्यूँ आफ्नो हातमा छ । कानूनविपरीत भएका काम कारबाहीमा कारवाही गर्ने अधिकार छ । सरकारलाई सबै कुरा थाहा छ । उहाँले भन्नुभएको मलाई विश्वास लागेन मैले घरिघरि खोलेर सुनेँ ।’

नेम्वाङले पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको गम्भीर आरोप तथ्यमा माग गरे ।

उनले भने, ‘पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो । यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ । कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो । सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ । हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’


प्रतिक्रिया

3 thoughts on “सुवासको चुनौती- जलहरी सुनको होइन भने कारबाही गरियोस्, गम्भीर आरोप बोकेर सदन चल्न दिन्नौं (भिडिओ)

  1. ठिक कुरा । यो लुटेराहरू,दिल्लीका टट्टुहरूलाई त्यसै नछोडौ । मोदीको खुट्टा मलेर फुर्ति यिनका ? सरकारले जलहरी सुन कि पित्तलको नभनेसम्म नछोडौं । यिनलाई घुँडा नटेकाई हुँदैन । जनता एमालेको साथमा छन् ।

  2. नेकपा एमाले ले उक्त काममा गलत गरेको छ भने उहाँलाई तुरुन्त कारबाही होस् नत्र जनतामा गलत भ्रम फिजाउनेहरूलाई प्रमाण जुटाउ नसके कारबाहीको भागिदार बन भनेर कारबाही गरिनुपर्छ ।

  3. विना कारण मिथ्या को भरमा आरोप लगाउदै जनता मा भ्रम फैल्याउन उद्दत भारत को चाकरी गर्ने गठे सरकार आरोप प्रमाणित गर्न कसले रोक्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर