बागमती प्रदेश खेलकुद : ७७ पदकसहित काठमाडौं शीर्ष स्थानमा – Nepal Press

बागमती प्रदेश खेलकुद : ७७ पदकसहित काठमाडौं शीर्ष स्थानमा

हेटौँडा । हेटौंडामा जारी ‘दोस्रो प्रदेश खेलकुद प्रतियोगिता’ मा सबैभन्दा बढी काठमाडौं जिल्ला ३१ स्वर्ण पदकहित तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ३१ स्वर्ण, २१ रजत र २५ काश्य गरी कूल ७७ पदक सहित शीर्ष स्थानमा रहन सफल बनेको हो ।

दोश्रो स्थानमा रहेको चितवनको २२ स्वर्ण, २४ रजत र २६ काश्य गरी कूल ७२ पदक रहँदा कडा प्रतिस्पर्धा सहित काभ्रे तेश्रो स्थानमा छ । काभ्रेको पनि २२ स्वर्ण, १३ रजत तथा १८ वटा काश्य रहेको छ ।
१९ स्वर्ण, २५ रजत र २७ काश्य गरी कूल ७१ पदकसहित ललितपुर चौथो स्थानमा रहँदा १७ स्वर्ण, ८ रजत र १६ काश्य सहित सिन्धुपाल्चोक पाँचौ स्थानमा रहेको छ ।

१४ स्वर्ण, १० रजत तथा १६ काश्य सहित मकवानपुर छैठौँ स्थानमा रहँदा १३ स्वर्ण, १४ रजत तथा ९ काश्य सहित भक्तपुर सातौँ स्थानमा रहेको छ । १० स्वर्ण, १० रजत र २२ काश्य गरी कूल ४२ पदक सहित रामेछाप ८ औँ स्थानमा रहँदा १० स्वर्ण, ९ रजत १८ काश्य सहित नुवाकोट ९ औँ स्थानमा रहेको छ । ३ स्वर्ण, ९ रजत तथा ११ काश्य सहित दोलखा ११ स्थानमा छ भने ३ स्वर्ण, ७ रजत र १० काश्य सहित सिन्धुली ११ औँ स्थानमा छ । हालसम्म रसुवा तथा धादिङले स्वर्णपदक हाँसिल गर्न सकेको छैन । पदको हिसाबले ६ रजत तथा १४ काश्य सहित धादिङ १२ औँ स्थानमा रहँदा २ रजत ५ काश्य सहित रसुवा पुच्छरमा रहेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिता शनिबारसम्म्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर