पूर्वराजा ज्ञानेन्द्रलाई भोलि कर्णालीमा नागरिक अभिनन्दन गरिँदै – Nepal Press

पूर्वराजा ज्ञानेन्द्रलाई भोलि कर्णालीमा नागरिक अभिनन्दन गरिँदै

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् ।

भोलि दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए ।

शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने छन् ।

पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, ज्ञानेन्द्रको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर