म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा – Nepal Press

म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीमाथि ४-१ को नतिजामा सहज जितसहित म्यानचेस्टर युनाइटेडले लिगको शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको छैटौं मिनेटमा क्यासिमिरोको गोलमा युनाइटेडले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । ब्रुनो फर्नान्डेजले ७३औं मिनेटमा पाएकाे पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको अग्रता ३-० मा पुर्‍याएका थिए ।

चेल्सीमाथि निरन्तर दबाब बनाएको युनाइटेडका लागि ७८औं मिनेटमा मार्कस रासफोर्डले तेस्रो गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहँदा जाबो फेलिक्सले चेल्सीका लागि सान्त्वना गोल गरेका थिए ।

युनाइटेड ३७ खेलमा ७२ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको न्युक्यासल युनाइटेडको समान खेलमा ७० अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८९ र दोस्रो स्थानको आर्सनलको ८१ अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर