काभा महिला भलिबल : सेमिफाइनलमा काजकिस्तानसँग भिड्दै नेपाल – Nepal Press

काभा महिला भलिबल : सेमिफाइनलमा काजकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानको सामना गर्दैछ ।

साँझ ५ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेल हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो मानिएको काजकिस्तान भलिबलको वरीयतामा एसियाको पाँचौ स्थानमा रहेको टीम हो । त्यसैले काजकिस्तानसँगको जित नेपाललाई सहज भने पक्कै छैन ।

समूह ए मा रहेको नेपालले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा पराजित हुँदै समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । काजकिस्तान अपराजित रहँदै समूह बी को विजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जित निकालेको नेपालले अन्तिम खेलमा भने भारतलाई ३-१ को सेटमा नतिजा सुम्पिएको थियो ।
यता काजकिस्तानले भने श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदा, माल्दिभ्स र उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो।

आजै हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता भारत र समूह बी को उपविजेता उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *