कामीरिता शेर्पा भन्छन्- रेकर्ड राख्न होइन, पर्यटन क्षेत्रकाे प्रोत्साहनका लागि सगरमाथा चढेको हुँ (भिडिओ) – Nepal Press

कामीरिता शेर्पा भन्छन्- रेकर्ड राख्न होइन, पर्यटन क्षेत्रकाे प्रोत्साहनका लागि सगरमाथा चढेको हुँ (भिडिओ)

काठमाडौं । २८औं पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सगरमाथा चुचुरो टेकेर बिहीबार काठमाडौं फर्किएका कामीरितालाई शेर्पा समुदायलगायत शुभेच्छुकहरुले स्वागत गरेका हुन् । यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८औं पटक आरोहणकाे कीर्तिमान कायम गरेका हुन् ।

कामीरिताले आफूले रेकर्ड कायम गर्न नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस् भनेर सगरमाथा चढेको बताए । उनले विदेशीहरूलाई सफल रूपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रूपमा पनि फाइदा हुने बताए ।

‘सगरमाथा क्षेत्रमा काम गर्ने आफू जस्ता अरुलाई सरकारले आवश्यक सहयोग गर्नुपर्छ । भ्याएसम्म अर्को साल पनि सगरमाथा चढ्छु’, उनले भने ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर