युवा संघ नेताले गृहमन्त्रीलाई भने- एउटै पार्टीमा भएको भए कति राम्रो हुन्थ्यो ! – Nepal Press

युवा संघ नेताले गृहमन्त्रीलाई भने- एउटै पार्टीमा भएको भए कति राम्रो हुन्थ्यो !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।

संघले बिहीबार सिंहदरबारमा मन्त्री श्रेष्ठसँग भेट गरेर पत्र बुझाएको हो । आज मध्यान्हमा भएको भेटमा युवा संघका नेताहरुसँग गृहमन्त्रीले अनौपचारिक कुरा गर्ने क्रममा पूर्वअध्यक्ष एवम् संघको पदाधिकारीबारे सोधेका थिए ।

संघका पदाधिकारीले आफुहरु सरकार र गृहमन्त्रीको कामले उत्साहित भएको भन्दै खुलेरै प्रशंसा गरे । यतिमात्रै नभएर उनीहरुले पार्टी एकता हुदाँको स्मरण गर्दै अहिले पनि सँगै भएको जस्तो महसुस भइरहेको भन्दै खुलेर कुरा गरेका थिए ।

त्यस्तै, युवा संघका नेताहरुले गृहमन्त्रीले राम्रो काम गरेको भनेर प्रशंसा गर्दै एउटै पार्टीमा रहिरहेको भए कति राम्रो हुन्थ्यो भन्दै अनौपचारिक रुपमा कुराकानी गरेका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले भने ठोस प्रतिक्रिया दिएनन् मात्रै हो है भनेर जवाफ दिए । श्रेष्ठले संघमा कति जना पदाधिकारी हुनुहन्छ भनेर पनि सोधेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर