यौन व्यवसाय गरेको आरोपमा दैलेखका होटल व्यवसायी प्रकाउ – Nepal Press

यौन व्यवसाय गरेको आरोपमा दैलेखका होटल व्यवसायी प्रकाउ

सुर्खेत । दैलेखको सदरमुकाममा यौन व्यवसाय सञ्जालन गरेको आरोपमा दुईजना होटल व्यवसायी प्रकाउ परेका छन् । प्रहरीले उनीहरुलाई बुधबार प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेको दैलेखका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

आरती होटलका सञ्चालक कटुवालले पनि आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई प्रहरीले प्रकाउ गरेको हो ।

यस्तै, नारायण नगरपालिका-८ ढकाने घर भएका न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *