३५ किलो चाँदीका गहनासहित ३ जना पक्राउ
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/05/Pakrau0.jpg)
विराटनगर । विराटनगरमा सुन चाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरबाट पक्राउ पर्नेको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको छ ।
मोरङ प्रहरीले बुधबार राति चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए ।
सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट उनीहरूलाई विराटनगर १२ मा रहेको कोशी प्रोजेक्ट सडक खण्डबाट पक्राउ गरेको पोखरेलले बताए ।
उनीहरूले चोरीका सामान भारतीय बजारमा लगेर बिक्री गर्ने गरिएको डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
पक्राउ परेका तीनै जना चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए ।
प्रहरीले उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम उनीहरूले चोरी गरेको गरगहना करिब ६१ लाख मुल्य बराबरको रहेको दाहालले जानकारी दिए ।