कर्णालीमा विनियाेजन विधेयककाे नीति र सिद्धान्त पेश, के-के परे प्राथमिकतामा ? (पूर्णपाठ) – Nepal Press

कर्णालीमा विनियाेजन विधेयककाे नीति र सिद्धान्त पेश, के-के परे प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं । कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिहीबार प्रदेश सभा बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् ।

उनले आगामी वर्ष कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली सुखारी कर्णालीबासीको दिर्घकालीन लक्ष्य कार्यक्रम अघि सारिने भएको छ ।

नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्रले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्त गरी समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको दीर्घकालीन सोचतर्फ अघि बढ्ने मन्त्री सिंहले बताए ।

साथै समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तर्जुमा गरिने अर्थमन्त्री सिंहले बतताए ।

प्रत्येक वर्ष १० हजारलाई रोजगारी सिर्जना गर्नेगरी कर्णाली समृद्धि अभियान चलाइने सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर