धेरै उजुरी परेपछि फुल कन्ट्याक्टका मुख्य प्रशिक्षकबाट हटाइए काजिमान – Nepal Press

धेरै उजुरी परेपछि फुल कन्ट्याक्टका मुख्य प्रशिक्षकबाट हटाइए काजिमान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्रा-राखेपले फुल कन्ट्याक्ट कराँतेका मुख्य प्रशिक्षक काजिमान श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ ।

राखेपको तालिम विभाग प्रमुख प्रचण्ड शर्माले श्रेष्ठविरुद्ध धेरैवटा उजुरी परेका कारण उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए ।

‘लेनदेनसँग सम्बन्धित थुप्रै उजु्रीहरु परेका थिए । प्रमाणसहितका उजुरी भएका कारण उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखिरहनु राम्रो देखिएन’, शर्माले भने ।

उनले गत माघमा फुल कन्ट्याक्ट कराँतको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । उनी कराँतेका सहायक प्रशिक्षक हुन् । सोही दर्जाको तलब सुविधा पाउने गरी उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

पछिल्लोपटक काजिमानले एक व्यक्तीको गाडी फिर्ता नगरेको उजुरी परेको बुझिएको छ। काजिमान राखेपका करारका प्रशिक्षक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *