पानीको स्रोत सफाइ गर्दै नेवार समुदायले सिथि नख: पर्व मनाए (भिडिओ) – Nepal Press

पानीको स्रोत सफाइ गर्दै नेवार समुदायले सिथि नख: पर्व मनाए (भिडिओ)

काठमाडौं । जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन बिहीबार नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् ।सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् ।

वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्ने गरिएको हो ।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरिएको छ । सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पु¥याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ ।

पर्वमा वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या धान रापाईँ स्थानीय भाषामा ज्याः० शुरु हुने भएकोले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रूपमा लिइन्छ।

यसै दिन भगवान् कुमारको जन्मदिनका रूपमा उनको पूजा गर्ने चलन छ। सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गरिन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर