क्राइमियाको जनमत संग्रहमा फ्रान्सेली नेताको समर्थन – Nepal Press

क्राइमियाको जनमत संग्रहमा फ्रान्सेली नेताको समर्थन

काठमाडौं । सन २०१४ मा युक्रेनबाट अलग हुने जनमत संग्रह गरेर रुसमा गाभिएको क्राइमियाको जनमत संग्रह बैधानिक भएको फ्रान्सेली नेत्री मारी ले पेनले उल्लेख गरेकी छन्।

युरोप अमेरिकी शक्तिहरुले उक्त जनमत संग्रहलाई मान्यता नदिएको बेला बुधबार फ्रान्सको तल्लो सदनमा बोल्दै पेनले भनेकी छन्,‘म जनमतसंग्रहको पक्षमा छु। मलाई लाग्छ क्राइमियाका नागरिकले रुससँग पुनः एकता गर्ने अभिमत स्वतन्त्ररुपमा दिएका छन् । मलाई लाग्छ त्यो पूर्णरूपमा बैधानिक थियो।’

बिगतको छ दशक अगाडि मात्र क्राइमिया रुसबाट युक्रेनमा आएको भन्दै उनले यो स्वभाविक भएको बताएकी छिन् । जनमतसंग्रह पछि क्राइमियाका कोहि पनि शरणार्थी नभएको र आफूले क्राइमिया भ्रमणमा पुग्दा जनमत संग्रहमा स्थानीयले सहमत गरेको पेनले बताएकी छन् ।

हालसालै मात्रै होइन सन २०१७ मा पनि पेनले जनमतसंग्रह बैधानिक भएको फ्रान्सेली मिडिया देखि अमेरिकी मिडिया सिएनएनलाई बताएकी थिइन्। उनलाई त्यसो भनेबापत युक्रेनले भने प्रतिबन्ध लगाएको छ।

पेनले क्राइमियाको जनमतसंग्रहको पक्षमा पुनः सार्वजनिक अभिव्यक्ति दिएपछि रुसि मिडिया आरटीदेखि समाचार एजेन्सी तासले प्राथमिकताका साथ उक्त समाचार आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर