एपीएफसँग संकटा पराजित, एनआरटीसँग त्रिभुवन आर्मी स्तब्ध – Nepal Press

एपीएफसँग संकटा पराजित, एनआरटीसँग त्रिभुवन आर्मी स्तब्ध

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा एपीएफले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २५ औं मिनेटमा आवास लामिछानेले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आवासले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए ।

जीतसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मीलाई न्युरोड टीम (एनआरटी)ले १-० गोल अन्तरले पराजित गरेको छ ।

एनआरटीको जीतमा कृतिसरत्न छुञ्जूले खेलको ७९औं मिनेटमा निर्णायक गोल गरे । जीतसँगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीकोे २१ खेलमा २९ अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर