भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय, सरकारी कीर्ते पनि थपियो – Nepal Press

भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय, सरकारी कीर्ते पनि थपियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ताका लागि काठमाडौं जिल्ला अदालत फाइल पठाएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुर लगाउने निर्णय भएको जानकारी दिए ।

३० जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता हुँदैछ । यसअघि काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी कीर्ते र एकिकृत कसुरको राय दिएको थिएन ।

यो प्रकरणमा १६ जना पक्राउ परेका थिए भने १४ जनालाई फरार प्रतिवादी कायम गरेर अभियोग पत्र दर्ता हुँदैछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *