१६.४९ अंकले बढ्यो नेप्से, १ अर्ब बढीको कारोबार – Nepal Press

१६.४९ अंकले बढ्यो नेप्से, १ अर्ब बढीको कारोबार

काठमाडौं । आज साताको चौथो दिन नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिनमात्रै ५१ अंकको उछाल भएको बजारमा आज ४८ लाख ६५ हजार ४७५ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

आज आत्मनिर्धर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै कारोबारका आधारमा शिवम सिमेन्ट १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ भने ३ समूहबाहेक बाँकी १० वटा समूहको शेयर मूल्यमा वृद्धि भएको छ । बुधबार बजार पूँजीकरण २८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर