साइमेक्स इंकद्वारा ‘सपना र वनजङ्गलको निर्माण’ अभियान घोषणा – Nepal Press

साइमेक्स इंकद्वारा ‘सपना र वनजङ्गलको निर्माण’ अभियान घोषणा

काठमाडौं । विश्व जैविक विविधता दिवसको अवसरमा ‘बिवाइडी’ को आधिकारिक वितरक साइमेक्स इंकले ‘सपना र वनजङ्गलको निर्माण’ अभियानको घोषणा गरेको छ ।

वि.सं २०६२ मा गैरकानूनी बालुवा खानी उत्खनन् र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनःस्थापनाको लक्ष्य लिएको अभियानले वृक्षारोपणको पहिलो वर्ष नै ८२७ टन अक्सिजन उत्पादन गर्दै ३१० टन कार्बन संरक्षण गर्ने र पाँच वर्षभित्र बिवाइडी वनले १५५० टन कार्बन जम्मा गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्ने बताएको छ ।

कुनै बेला विविध जीव र वनस्पतिसहित फस्टाएको चखनडोल सामुदायिक वनको विगतमा निकै दोहन भयो । तर, ‘सपना र वनजङ्गलको निर्माण’ अभियनले, वनमा स्थानीय प्रजातिका विरुवा लगाइ ती हुर्कने अनुकूल वातावरणको निर्माण गरी, चखनडोल सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखिएको कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख मार्केटिङ अधिकृत समीर श्रेष्ठका अनुसार यो अभियानले बिवाइडीको प्रविधिको प्रयोग पर्यावरण संरक्षणमा भन्ने मूल्य र मान्यताको पृष्ठपोषण गर्छ । उनी भन्छन, ‘यो अभियानले चखनडोल सामुदायिक वनलाई पुनर्जीवित गर्नेमात्र नभई वातावरण संरक्षणमा हाम्रो निरन्तरको प्रयास र दिगो भविष्य निर्माणको हाम्रो लक्ष्यको प्रतिनिधित्व गर्छ । हामीलाई विश्वास छ यो कार्यक्रमले अरुलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्नेछ ।’

त्यस्तै महत्वाकांक्षी प्रयासले वनलाई ब्युँताउनेमात्रै छैन, ७÷८ थरिका चराका प्रजातिलाई फेरि फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर