उपेन्द्रको टिप्पणी- प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारबाट नियन्त्रण गर्न खोजियो (भिडिओ) – Nepal Press

उपेन्द्रको टिप्पणी- प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारबाट नियन्त्रण गर्न खोजियो (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्ने गरी नआएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारले नियन्त्रण गर्न खोजिएको टिप्पणी गरे । प्रदेशहरू संघको इकाइ नभई पार्टनर भएको यादवको भनाइ थियो ।

संघीयताको संरचना त्रुटिपूर्ण रहेको भन्दै उनले भने, ‘यसलाई सुधार गर्ने कि नगर्ने ? प्रदेशहरूको नामकरण खोला-खोल्साबाट गरिएको छ । यसलाई ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा गर्ने कि नगर्ने ? सच्याउने कि नसच्याउने ? संविधानको अनुसूचीमा उल्लेख गरिएका अधिकारहरु प्रदेशहरुले प्रयोग गर्न पाइराखेका छैनन् । त्यो दिने कि नदिने ? प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण वा समायोजन गर्ने कि नगर्ने ? संघीय निजामति ऐन रोकेर प्रशासन र कर्मचारीको अवस्था प्रदेशमा कहिले पूरा गर्ने ? आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिइकन संघीयता कार्यान्वयन हुन्छ र ? तर यो नीति, कार्यक्रममा कहीँ पनि लेख्नुभएको छैन ।’

अमूर्त, काल्पनिक कुरा र मीठा शब्दले भरेर समाज र राष्ट्रको निर्माण गर्न नसकिने भन्दै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्न माग गरे ।

‘यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरे हुन्छ । काम न काजको संस्था खडा गरेर खर्चमात्रै बढ्ने काम भएको छ कुनै उपयोगिता छैन । काम छैन’, उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर