सोती घटना सम्झिँदै सांसदले सोधे – नवराजजस्ता युवाले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने ? – Nepal Press

सोती घटना सम्झिँदै सांसदले सोधे – नवराजजस्ता युवाले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोती घटनाको स्मरण गर्दै सरकारको ध्यानाकर्षण गराएका  छन् । कांग्रेस सांसद सीता मिजार र  रुपा विकले अन्तरजातीय प्रेम गरेकै कारण नवराज विकजस्ता युवाले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने ? भन्दै प्रश्न गरेका हुन् । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्य गम्भीर बन्नुपर्नेमा उनीहरुकाे जोड छ ।

कांग्रेस सांसद सीता मिजारले शून्य समयमा बाेल्दै भनिन्, ‘सम्माननीय सभामुख महाेदय, आजकाे दिनलाई सिङ्गाे दलित समुदायले कालाे दिनकाे रूपमा स्मरण गरेकाे छ । सायद यहाँहरूले बिर्सनुभयाे कि ? म स्मरण गराउन चाहन्छु, आजकै दिन २०७७ साल जेठ १० गते रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिका ८ साेति गाउँमा एउटा बीभत्स र जघन्य सामुहिक हत्याकाण्ड भएकाे थियाे । आफुभन्दा कथित ठूलाे जातकाे केटिसंग प्रेम गरेकै कारण जाजरकाेटका नवराज वि.क. र उनका अन्य पाँच जना साथीहरूलाई स्थानीयले लखेटी लखेटी हत्या गरेका थिए । हाल उक्त घटना फाैजदारी कसुरमा अदालतमा विचाराधिन अवस्थामा रहेकाे छ, तर घटना घटेकाे चार वर्ष वितिसक्दा समेत पीडितले अझै न्याय पाउन सकेका छैनन । सभामुख महाेदय, प्रेम गरेकै कारण नवराज बि.क, अजित मिजार जस्ता युवाहरूले कहिलेसम्म मृत्युवरण गरिरहनु पर्ने हाे ? म आगामी दिनमा यस्ता घटनाहरू दाेहाेरीन नदिन सरकार र राज्यका जिम्मेवार निकायहरूलाई सभामुख महाेदय मार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’

काँग्रेसकै सांसद रुपा विकले भने आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिदैँ रुकुम पश्चिम चौरजहारीमा अन्तरजातीय विवाह गर्न खोजेकै कारण नवराज विकसहित ६ जनाको हत्या भएको घटना स्मरण गरेकी छन् । उनले छलफलमा भाग लिदैँ भनिन्, ‘सम्माननीय सभामुख महोदय, आज २१ औ शताब्दीमा हामी छौ । र भौतिक विकासले चरम फड्को मारिसक्यो । आज मानव विकासको कुरा गर्दै गर्दा आज जेठ १० गते आज हामीले सम्झिने कालो दिनको रुपमा रुकुम पश्चिमको चौरजहारी सोती हत्याकाण्डलाई हामीले सम्झिदै गर्दा त्यस काण्डमा नवराज विकसहित ६ जना युवालाई लखेटी लखेटी मारिएको थियो । उक्त घटनामा ज्यान गुमाउने ६ जना युवाप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै मृतक परिवारका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

काँग्रेस सांसद विकले बागलुमा अन्तरजातीय विवाह गरेकै कारण झुटा मुद्धा लगाएर एक दलित समुदायको युवालाई प्रहरी हिरासतमा पुर्याएको घटनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । उनले भनिन, ‘आजकै दिन फेरी हामीले भर्खरै यो अन्तरजातीय प्रेम सम्बन्धको बारेमा बागलुङका २३ वर्षीय प्रभात बस्याल र प्रिती घिमिरे दुई वर्ष प्रेम सम्बन्धमा बसे । त्यसपछि उनीहरु आफ्नो परिवारलाई मनाउन सफल भएर भागी विवाह गरेर भारततिर गए । घरपरिवारले नै हामीले स्विकार गरिसेका छौ र चाडै फर्किनु भनेका कारण उनिहरु घरमा आए । घर आएका बेला केटी पक्षको आफन्तले दलित भएकै कारण केटीलाई केटाले अपहरण गरेर बलात्कार गरेको झुटा आरोपमा बेनी प्रहरी चौकीमा केटा विरुद्ध मुद्धा हालेर हिरासतमा राखिएको छ । उक्त घटनाप्रति पनि देख प्रकट गर्दै तत्काल उक्त घटनाबारे छानविन गरी निर्दोष युवालाई रिहाई गर्नका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गर्न चाहान्छु ।’

नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिदैँ नेकपा (एमाले)का सांसद चन्द्रबहादुर विश्वकर्माले पनि सोती हत्याकाण्ड स्मरण गरेका छन् । उनले प्रतिनिधिसभामार्फत दोषीमाथी कडा भन्दा कडा कारवाहीको माग पनि गरेका छन् । उनले भने, ‘नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिदैँ गर्दा २०७७ साल जेठ १० गतेको सोती हत्याकाण्ड स्मरण गराइरहेको छ । अकल्पनीय र अमानवीय थियो । त्यो घटनामा अन्तरजातीय प्रेम गरेकै कारण ज्यान गुमाउने नवराज विक, टिकाराम विक, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द साहीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदन व्यक्त गर्दछु । जिल्ला अदालत रुकुम पश्चिममा मुद्धा बिचाराधिन भएकाले दोषी कोहि पनि नउम्किउन र निर्दोषी नफसुन भनेर सभामुखमार्फत न्यायालयलाई अनुरोध गर्न चाहान्छु । साथै जातीय विभेदको कारणले जुन देशभरी घटना भएका छन्, या त सोती हत्याकाण्ड होस या त लक्ष्मी परियार, अजित मिजार लगायत ति सबैको सरकारले सम्मान गरेर शालिक निर्माण गरोस । यो कायमै रहेको जातीय छुवाछुत अन्त्य गर्नका लागि पनि नीति तथा कार्यक्रममले स्पष्ट व्यवस्था गरोस भन्ने आग्रह गर्दछु ।’

सांसद विश्वकर्माले बागलुमा अन्तरजातीय विवाह गरेकै कारण झुटा मुद्धा लगाएर एक दलित समुदायको युवालाई प्रहरी हिरासतमा पुर्याएको घटनाप्रति भत्र्सना पनि गरेका छन् । उनले भने, ‘भर्खरै मात्र सुन्नमा आएको अन्तरजातीय प्रेम गरेकै कारण उमेर पुगेको लागयत सबै हुदाँ हुदैँ बागलुङको केटा र म्याग्दीको केटीविचको प्रेम सम्बन्धलाई स्विकार नगरेर दलित समुदायको केटालाई जवरजस्ती करणी र अपहरण मुद्धा लगाएर केटी पक्षका मान्छेले प्रहरीमा उजुरी गरेको सुनिएको छ । यस घटनाको म घोर भत्र्सना गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर