नागरिकता विधेयक प्रमाणीकरण गराउन सरकार सक्रिय भइदिनुपर्‍यो : विमलेन्द्र निधि (भिडिओ) – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरण गराउन सरकार सक्रिय भइदिनुपर्‍यो : विमलेन्द्र निधि (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानूनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दाबि गरे । संघीय संसदले दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई निधिको सुझाव थियो ।

उनले भने, ‘आजको समाचारहरूमा राष्ट्रपतिजी, प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको सुन्यौं । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानूनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ अरे भनेर सुनेको छु । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुन्छ । संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रिपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु पर्‍यो । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहीँ सम्पूर्ण रूपमा सक्रिय भइदिनुपर्‍यो भन्ने कुरा राख्न चाहन्छु ।’


प्रतिक्रिया

One thought on “नागरिकता विधेयक प्रमाणीकरण गराउन सरकार सक्रिय भइदिनुपर्‍यो : विमलेन्द्र निधि (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर