शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाइयो : सांसद खनाल (भिडिओ) – Nepal Press

शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाइयो : सांसद खनाल (भिडिओ)

नाम जोडिएका पूर्वप्रधानमन्त्रीसहित सबैमाथि छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउने भनिएको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा देखाउने भनिएको फिल्म बकवास भनिरहेको टिप्पणी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लकब्लस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलर हेरेर उत्साहित भइयो तर यो फिल्म को दृश्य यति काँटछाँट गरिँदै छ कि फिल्म त सारै बकवास बनिरहेको छ।’

रास्वपा प्रधानमन्त्रीले बनाउने भनेको बकवास फिल्म हेरेर नबस्ने चेतावनी दिए। उनले थपे, ‘आइजिपी, पूर्व सचिव, पूर्व मेयर पूर्व प्रधानमन्त्री समेतको नाम जोडिएको छ। नो इफ नो वट सबै माथि छानबिन गरेर कारबाही गर्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर