नवनियुक्त दुई मन्त्रीले लिए शपथ – Nepal Press

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मङ्गलवार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर