‘नाङ्गो गाउँ’मा दयाहाङको नेता अवतार, ३३ दिनमा सकियो छायांकन – Nepal Press

‘नाङ्गो गाउँ’मा दयाहाङको नेता अवतार, ३३ दिनमा सकियो छायांकन

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’को छायांकन ३३ दिनमा सकिएको छ । यो फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो ।

निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोष्ट प्रोडक्शनमा लाग्ने बताएका छन् ।

मनिषमा फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकिएसँगै यसको निर्माण पक्षले नायक दयाहाङ राईको तस्बिर समेत सार्वजनिक गरेको छ । जहाँ, दयाहाङको नेता अवतार देख्न सकिन्छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रूपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।

यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतीक्षा छ । यही कारणले गर्दा पनि फिल्मको विदेश राइट्स विक्री भइरहेको छ ।

निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गतवर्ष सुपरहिट भएको थियो । यस्तै, यो वर्ष आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘गोपी’बाट प्राप्त गरेका थिए ।

फिल्म ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मसले वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर