शहिद स्मारक लिग: आज तीन खेल हुँदै – Nepal Press

शहिद स्मारक लिग: आज तीन खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुादैछन ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार २१ औँ राउन्डका खेल हुन लागेका हुन ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

उता, दशरथ रंगशालामा २ बजेबाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेबाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर