सोचे जस्तो किन हुँदैन जीवन ? – Nepal Press
ब्लग

सोचे जस्तो किन हुँदैन जीवन ?

जीवनमा सफल हुन नचाहने मान्छे पनि सायदै भेटिएलान् । सफल हुनुपर्छ भन्ने पनि सबैलाई थाहा छ । तर, जीवनमा कहाँनेर गएर यस्तो भइदिन्छ कि मान्छेले सोचेको कुरा त परै जाओस्, जीवनमा कल्पना पनि नगरेको ठाउँमा गएर जीवनले यसरी फालिदिन्छ कि जहाँबाट हामीलाई माथि उठ्न निकै मेहनत गर्नुपर्छ । कोही भनौं अथवा अधिकांश त त्यसबाट बाहिर आउनै सक्दैनन् । आखिर जीवनमा यस्तो किन हुन्छ ? के हामीले आफूले चाहे जस्तो जीवन निर्माण गर्न सक्दैनौं ? पक्कै पनि सकिन्छ । यो बाटो गाह्रो पक्कै होला । तर, असम्भव चाहिँ छैन । जुन कुरा जीवनमा सफलताको स्वाद चाखिसकेका मान्छेले भन्ने गर्छन् । के हुन् त ती कुरा, जसले हामीलाई जीवनमा सोचेको सबै कुरा पूरा गर्न सहयोग गर्छन् । आउनुहोस् चर्चा गरौं ।

लक्ष्य निर्धारण

मान्छेले जीवनमा सफलताका लागि गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेकै लक्ष्य निर्धारण हो । तर, विडम्बना अधिकांश मान्छेले लक्ष्य निर्धारणको कुरा त परै छोडौं, लक्ष्यको बारेमा विचार नै नगरी आफ्नो महत्वपूर्ण जीवन यत्तिकै काटिरहेका हुन्छन् । भन्दाखेरी गफ गरे जस्तो हुन्छ । तर, यदि तपाईंले केही मान्छेलाई भेटेर ‘तिम्रो जीवनको लक्ष्य के हो ?’ भनेर सोध्नुभयो भने अधिकांश मान्छे एकछिन टोलाउँछन् र भन्छन्- ‘खै केही सोचेकै छैन ।’ कस्तो अचम्म, आफू कहाँ जाने भन्ने पनि थाहा छैन भने जीवनमा त्यो मान्छे कहाँ पुग्ला ?

एउटा उदाहरण लियौं, तपाईंले एउटा चिठी लेख्नुभयो । त्यसमा तपाईंले ठेगाना नै राख्नुभएन भने के त्यो चिठी कहीं पुग्ला ? कहीं पनि पुग्दैन । त्यस्तै लक्ष्य नभएको मान्छे पनि जीवनमा कहाँ जाने भन्ने थाहा नै हुँदैन । जसको जीवनमा लक्ष्य हुँदैन उसलाई अरु ले आफ्नो फाइदाको लागि प्रयोगमात्र गर्छन त्यसैले तपाईंले जीवनमा लक्ष्य बनाउनु भएको छैन भने आजै बनाउनुहोस् । यसले तपाईंलाई जीवनमा आफूले जिउन चाहेको जीवन जिउन सहयोग गर्छ र तपाईंलाई अरु चाहेर पनि आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्दैन ।

निरन्तरता

मान्छेले यदि जीवनमा लक्ष्य बनाइहाल्यो र त्यसमा काम गर्न थाल्यो भने पनि निरन्तरताको अभावले गर्दा ऊ आफूले बनाएको लक्ष्य पूरा गर्न असमर्थ हुन्छ । कारण हो, निरन्तरताको कमी । निरन्तरताको कमी दुई कारणले गर्दा हुने गर्छ । पहिलो, आफ्नो रुचिको विषय छान्न नसक्नु अथवा आफूलाई चिन्न नसक्नु ।

जसको जीवनमा लक्ष्य हुँदैन उसलाई अरु ले आफ्नो फाइदाको लागि प्रयोगमात्र गर्छन त्यसैले तपाईंले जीवनमा लक्ष्य बनाउनु भएको छैन भने आजै बनाउनुहोस् । यसले तपाईंलाई जीवनमा आफूले जिउन चाहेको जीवन जिउन सहयोग गर्छ र तपाईंलाई अरु चाहेर पनि आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्दैन ।

अर्को कारण हो, धैर्यको कमी । हामी जे कुरा पनि छिटो खोज्छौं । जसले गर्दा हामीभित्र को धैर्य हराउँदै गएको छ । जसले हामीलाई छिटो सफल हुने आशमा झन असफल बनाउँदै लैजान्छ । यदि हामीले आफ्नो रुचिको विषय छान्न सक्यौं भने हामीलाई निरन्तरता दिन केही गाह्रो पर्दैन । किनभने जुन काममा तपाईंको रुचि छ, त्यो काम गर्दा काम गरेजस्तो महसुस नै हुँदैन । त्यसैले हामीले यी दुई कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

असफलताको डर

असफलता जति ठूलो नै किन नहोस्, त्योभन्दा भयंकर हुन्छ त्यसको डर । उसो भए के सधैं असफल भइन्छ भनेर केही नगरेर बस्ने त ? तर, यो समाधान होइन । जोसुकै पनि सफल व्यक्तिले असफलताको डरको कुरै छोडौं, उनीहरुले असफलता भन्ने शब्दलाई आफ्नो शब्दकोशबाट निकालेका हुन्छन् । उनीहरु असफल भइन्छ भन्नुको सट्टा ‘म कहिल्यै हार्दिनँ । कि जित्छु कि सिक्छु’ भन्छन् । यो मानसिकताले जीवनमा असफल हुन्छु कि भन्ने डरलाई जित्न सहयोग गर्छ ।

अर्को कुरा, उनीहरुले सम्भावित जोखिमलाई कसरी कम गर्न सकिन्छ भनेर त्यसको पूर्वतयारी गर्छन् । जसले गर्दा उनीहरुलाई जोखिम न्यूनीकरण गर्न सहयोग गर्छ । हामीले पनि जीवनमा असफलता नआओस् भन्न जोखिम न्यूनीकरणको मार्ग छान्नुपर्दछ ।

नक्कल गर्ने बानी

प्रायः सबै मान्छेलाई ओरिजिनल र फोटो कपीको महत्व र मूल्य थाहा हुन्छ । तर, थाहा हुँदाहुँदै पनि उनीहरु एक अर्काको नक्कल गर्न पछि हट्दैनन् । आफूलाई दुई रुपैयाको फोटोकपीभन्दा पनि सस्तो बनाउँछन् । जबकि वास्तविक कपी अमूल्य हुन्छ भन्ने कुरा भुसुक्कै बिर्सिन्छन् । हामीले पनि जीवनमा अद्भूत सफलताको लागि अरुलाई नक्कल गर्नुको सट्टा आफ्नो शक्ति चिनेर त्यसअनुसार नै काम गर्नुपर्छ ।

सफल व्यक्तिले असफलताको डरको कुरै छोडौं, उनीहरुले असफलता भन्ने शब्दलाई आफ्नो शब्दकोशबाट निकालेका हुन्छन् । उनीहरु असफल भइन्छ भन्नुको सट्टा ‘म कहिल्यै हार्दिनँ । कि जित्छु कि सिक्छु’ भन्छन् । यो मानसिकताले जीवनमा असफल हुन्छु कि भन्ने डरलाई जित्न सहयोग गर्छ ।

अरुसँग तुलना गर्नु

अधिकांश मान्छेले अरुको कुरा तुलना त गर्छन् । तर, उनीहरुले आफूलाई पनि अरुसँग तुलना गर्न पछि हट्दैनन् । यदि तपाईं वास्तवमै सफल हुन चाहनुहुन्छ भने यो तुलना प्रतिस्पर्धाको संसारबाट बाहिर आउनुपर्छ । यसले तपाईंलाई अलग बनाउँछ ।

हामीले माछालाई आकाशमा फालिदेऔं भने के त्यो माछाले केही गर्न सक्ला ? त्यस्तै गरी हामीले चरालाई लगेर पानीमा डुबाऔं भने के त्यो चराले केही गर्न सक्ला ? अवश्य सक्दैन । त्यसैले हामीले अरुसँग दाज्नुभन्दा आफूलाई र आफ्नो क्षमतालाई चिन्न नसकेसम्म हाम्रो असफलताको बाधक तुलना, प्रतिस्पर्धा बन्नसक्छ ।

समयको महत्व

प्रायः सबैलाई पैसाको महत्व त थाहा हुन्छ । तर, समयको महत्व बुझ्न अलि समय लाग्छ । यो नै एउटा गम्भीर समस्या हो । हामीले समयलाई वास्ता गरेनौं भने समयले पनि हामीलाई वास्तै नगरी एउटा अन्धकारमा लगेर फाल्नेछ । त्यसैले हामीले उचित समयमा उचित काम गर्न सक्नुपर्छ ।

माथि उल्लेख गरिएका कुरा हामी सबैले पालना गर्ने हो भने हामीले पनि पक्कै सफलताको स्वाद चाख्न पाउनेछौं ।


प्रतिक्रिया

2 thoughts on “सोचे जस्तो किन हुँदैन जीवन ?

  1. माथि उल्लेख गरिएका कुरा हामी सबैले पालना गर्ने हो भने हामीले पनि पक्कै सफलताको स्वाद चाख्न पाउनेछौं copy past मन परेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *