एनआईसी एशियामा भिडिओ कलमार्फत ‘केवाइसी’ विवरण अद्यावधिक हुने – Nepal Press

एनआईसी एशियामा भिडिओ कलमार्फत ‘केवाइसी’ विवरण अद्यावधिक हुने

काठमाडौं । एनआईसी एशिया बैंकमा अब भिडियो केवाइसीबाटै ग्राहकको केवाइसी विवरण अद्यावधिक गर्न सकिने भएको छ ।

भिडिओ केवाइसी सेवा अन्तर्गत अनलाइन भिडिओ कल गरी ‘केवाइसी’ विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको हो ।

अनलाईन खाता खोल्ने भिडिओ कलबाटै विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको र अब थप पाँचवटा सेवासमेत प्रणालीमा जोडेको बैंकले बताएको छ ।

घर वा अफिसबाटै लिन सकिने सेवाहरू बैंकको वेबसाइटमा रहेको ‘अपलाइ नाव’ मा ट्याब गरी ‘भिकेवाइसी’ बाट उल्लेखित सेवामध्ये ग्राहकले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सक्ने र ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको जनाइएको छ ।

ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्ने प्राबधान रहेको छ ।

त्यसैगरी ग्राहकले विद्यमान खातामा नयाँ विवरण राख्नका लागि विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न उक्त सेवा लाभदायी बैंकको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर