काभा महिला भलिबल: एक खेलअगावै सेमिफाइनलमा नेपाल (तस्बिरहरु) – Nepal Press

काभा महिला भलिबल: एक खेलअगावै सेमिफाइनलमा नेपाल (तस्बिरहरु)

काठमाडौं । बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको नेपालले बंगलादेशलाई दोस्रो र तेस्रो सेटमा क्रमशः २५-८ र २५-९ ले हराउँदै लगातार दुई जित निकाल्यो ।

नेपालले बंगलादेशलाई हराएसँगै भारतपनि एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशविरूद्ध नेपालका ४ खेलाडीले डेब्यू गरे । मिडिल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, लिबेरो शान्तिकला तामाङ र स्पाइकर पुजा थारूले डेब्यू अवसर पाए ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा भारतसँग हारेको बंगलादेशको लगातार यो दोस्रो हार हो ।

बंगलादेशले भोली कीर्गिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । भने, नेपालले आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्नेछ । भोलीको खेलमा भारतलाई हराए नेपाल समूह विजेता बन्नेछ ।

आज हुने अन्तिम खेलमा समूह बी का उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन् । माल्दिभ्सलाई हराए उज्बेकिस्तान र काजाकिस्तान समूह बी बाट एक खेल अगावै सेमिफाइनल पुग्नेछन् ।

 

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर