दुई मन्त्रीको जिम्मेवारी खोस्दै मुख्यमन्त्रीले यस्तो बनाए मधेश सरकारको टीम – Nepal Press

दुई मन्त्रीको जिम्मेवारी खोस्दै मुख्यमन्त्रीले यस्तो बनाए मधेश सरकारको टीम

जनकपुरधाम । मधेश प्रदेशका दुई मन्त्री र दुई राज्यमन्त्रीको मन्त्रालय खोसिएको छ । जसपाबाट मन्त्री बनेकी सुरिता साह र जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाको मन्त्रालय खोसिएको हो ।

आज मधेश सरकारमा नेपाली कांग्रेस र नेकपा एस सहभागी भएका छन् । कांग्रेसबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकासमन्त्री, कांग्रेसककै विरेन्द्र प्रसाद सिंह स्वास्थ्यमन्त्री र नेकपा एसका गोबिन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले जनमतका मन्त्री कुशवाहाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खोसेर नेकपा एसका न्यौपानेलाई दिएको छ भने जसपाकी मन्त्री साहबाट सामाजिक विकास मन्त्रालय खोसेपनि अहिले खाली राखेको छ ।

यस्तै, दुई राज्यमन्त्री सञ्जय यादव र शेख अबुल कलाम आजादलाई पनि मन्त्रालय विहिन बनाएको छ । जनमतका यादव भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र जसपाका आजाद सामाजिक विकास राज्यमन्त्री थिए ।

यता, सरकार विस्तार सत्तारुढ गठबन्धनमा भएको सहमती विपरीत मुख्यमन्त्री यादवले गरेको भन्दै आज मात्रै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । गठबन्धनमा रहेको अर्का दल लोसपा सरकारमै सहभागी भएन ।

मुख्यमन्त्री यादवले मनपरी ढंगले सरकार विस्तार गरेको भन्दै असन्तुष्ट माओवादी, जनमत पार्टी र लोसपाको संयुक्त बैठक बसिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर