कांग्रेस र एसका मन्त्री थपेकै दिन मधेश सरकारबाट बाहिरियो माओवादी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/05/346157962_993810214971382_7033592715106685194_n.jpg)
जनकपुरधाम । मधेस सरकार विस्तार हुन लागेकै बेला नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए । उनले सरकार छाड्ने कारण बताउन चाहेनन् ।
स्रोतका अनुसार सत्ता पक्षीय दलको बैठकमा मन्त्रालय टुंगिएको थिएन । तर आज मुख्यमन्त्री सरोज कुमार यादवले अचानक सरकार विस्तार गर्न लागेपछि माओवादी केन्द्र असन्तुष्टि जनाउँदै सरकार छाड्ने निर्णय गरेको छ ।
अहिले माओवादीकी सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् । माओवादीले थप एक मन्त्रालय मागेको थियो ।