बजेट लेख्ने टीमलाई के के हुन्छ सुविधा ? – Nepal Press

बजेट लेख्ने टीमलाई के के हुन्छ सुविधा ?

काठमाडौं । अर्थ मन्त्रालय यतिबेला निकै व्यस्त देखिन्छ । त्यसभित्र पनि बजेटको मस्यौदा लेखन टीमलाई भ्याइनभ्याइ छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनमा ६ जनाको कोर समूह सक्रिय छ । समूहका संयोजक सहसचिव भुपाल बराल छन् । बजेट लेखन टीममा सहसचिवहरु आनन्द काफ्ले, धनीराम शर्मा, जनक शर्मा, उत्तरकुमार खत्री र बाबुराम सुवेदी छन् ।

बजेट लेखनमा सक्रिय उक्त टोलीले अन्य कर्मचारीभन्दा बढी समय अर्थ मन्त्रालयमा बिताउनुपर्छ । टीमका एक सहसचिव बिहान ७ देखि बेलुका ८ बजेसम्म बजेटको काम गरिरहेको बताउँछन् ।

यसबीच बजेट बनाउने टीमले अतिरिक्त सुविधा के कति पाउँछ भन्ने चासो पनि छ । हामीले लेखन टीममध्येकै एक सहसचिवलाई सोधेका छौं ।

ती सहसचिवले अहिलेसम्म क्यान्टिनको खानाबाहेक अरु सुविधा नभएको बताए । यसअघिका अर्थमन्त्री विष्णु पौडलेले खर्च कटौतीको मापदण्ड जारी गर्दै बजेट निर्माणको समयमा अतिरिक्त बिहान बेलुका काम गर्ने कर्मचारीलाई प्रतिदिन ६ सय दिँदै आएकोलाई ३ सय रुपैयाँमा झार्ने बताएका थिए ।

अहिलेसम्म आफूले अतिरिक्त कुनै पनि रकम नपाएको ती सहसचिवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर