भारुको नोटबन्दीबाट आत्तिनुपर्दैन : राष्ट्र बैंक – Nepal Press

भारुको नोटबन्दीबाट आत्तिनुपर्दैन : राष्ट्र बैंक

नेपालमा चलनचल्तीमै थिएन भारु २ हजारको नोट

काठमाडौं । भारतले गर्ने २ हजारको नोटबन्दीले नेपालीलाई कुनै पनि असर नपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भारतले सन २०१६ मा लगाएको ५ सय र हजारको नोटबन्दीपछि ठूला नोट नै सहटी नगरेको स्पष्ट पारेको छ । नेपालमा २ हजारका नोट नचलाउन सूचना समेत त्यति बेलै जारी गरेको सह प्रवक्ता नारायण पोखरेलले बताए ।

पोखरेल भन्छन्, ‘भारतले सन २०१६ पछि नै २ हजार दरको नोट छाप्न थालेको हो । त्यति बेलै नोट बन्दीबाट पाठ सिकेको हामीले सय दरभन्दा ठुला नोट नचलाउन सूचना नै जारी गरेका थियौ । राष्ट्र बैंकबाट पनि सय भन्दा ठुला दरका सटही सुविधा दिएका थिएनौ ।’

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले गत शुक्रबार दुई हजार रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको छ । उसले ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खातामा यी नोटहरू जम्मा गर्न वा साट्न सक्ने बताइसकेको छ । तर एक पटकमा अधिकतम २० हजार रुपैयाँका १० नोट मात्रै परिवर्तन हुने व्यवस्था मिलाइएको छ ।

यो सँगै भारतले फेरी २ हजारको नोट प्रतिबन्ध लगाउने भएपछि यसको तरंग नेपालमा आइपुगेको हो । सन २०१६ नोभेम्बर ८ मा भारत सरकारले पाँच सय र हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेको थियो । यसले नेपाल पनि निकै प्रभावित बनेको थियो । त्यति बेलै देखि बैङ्किङ प्रणालीमा रहेको ८ करोड २० लाख रुपैयाँ अहिलेसम्म पनि साटिन सकेको छैन ।

व्यक्तिको हातमा अझै त्यो भन्दा कैयौँ गुणा बढी रहेको अनुमान गरिएको थियो ।

राष्ट्र बैंकले व्यक्तिसँग भएको ५ सय र हजारका नोट बोर्डरमा गएर आ आफ्नै तरिकाबाट साटिएको हुनसक्ने आङ्कलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर