कामिरिताले फेरि तोडे आफ्नै रेकर्ड, २८औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान – Nepal Press

कामिरिताले फेरि तोडे आफ्नै रेकर्ड, २८औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् ।

शेर्पाले मंगलबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २७ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका थिए । उनीसँगै अर्को हिमाल आरोही सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले सोमबार २७ औं पटक सगरमाथा चढेर उनको रेर्कड बराबरी गरेका थिए ।

दावासँग बराबरी भएपछि उनले आज नयाँ कीर्तिमानी बनाएका हुन् । उनले यो सिजनमा मात्रै दुई पटक शिखरमा पुगेका छन् । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ २ गते २७ औं पटक सगरमाथा पुगेका थिए ।

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।

जनवरी २, १९७० मा जन्मेका उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्। उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर