महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुखविरुद्ध साढे ११ लाख हिनामिना दाबीसहित अख्तियारमा अनेरास्ववियुको उजुरी – Nepal Press

महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुखविरुद्ध साढे ११ लाख हिनामिना दाबीसहित अख्तियारमा अनेरास्ववियुको उजुरी

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुख प्राध्यापक मुना रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेको दाबीसहित एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अख्तियारसमक्ष कारबाहीको माग गरेको हो ।

अध्यक्ष समिक बडालले दिएको उजुरीमा हिमालयन बैंकमा रहेको क्याम्पस प्रकाशन समितिको खाताबाट क्याम्पस प्रमुख रानाले सोही बैंकको आफ्नो व्यक्तिगत खाता नम्बर ००२००५६००८००१७ मा ११ लाख ७४ हजार ट्रान्सफर गरेको उल्लेख गरेका छन् ।

क्याम्पस प्रमुख रानाले गैरकानूनी लाभ लिएको र सार्वजनिक संस्थालाई हानी पुर्‍याइ भ्रष्टाचार गरेको भन्दै छानबिनको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयमा उजुरी गर्दा उदासीनता देखाएकाले यस प्रकरणमा संलग्न पदाधिकारीलाई छानबिन गरी कारबाहीको माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर