यी ७ कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स – Nepal Press

यी ७ कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स

काठमाडौं । सात कम्पनीले धितोपत्र दलाल व्यवसाय गर्न इजाजत पत्र पाएका छन् ।

सोमबार बोर्डको सञ्चालक समितिले आवेदन दिएका मध्ये ७ कम्पनीलाई इजाजत पत्र दिएको हो ।

इजाजत पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालय ब्रोकरेज लिमिटेड डिल्लीबजार र सन सेन्युरिटिज प्रालि नक्साल रहेका छन् ।

यस्तै, मियो सेक्युरिटिज प्रालि हात्तिसार, शेयरप्रो सेक्युरिटिज प्राली ढल्कु र प्रोपर्टी विजार्ड लिमिटेड नाग पोखरी रहेका छन् ।

अनुमति पाएका यी सात कम्पनीले केही दिनअघि आशयपत्र पाएका थिए।

बोर्डले अन्य आशयपत्र पाएकाहरूको पनि अध्ययन भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर