युभेन्टसको फेरि घट्यो १० अंक, दोस्रो बाट सातौँ स्थानमा झर्‍यो – Nepal Press

युभेन्टसको फेरि घट्यो १० अंक, दोस्रो बाट सातौँ स्थानमा झर्‍यो

काठमाडौं । इटालियन फुटबल संघले आर्थिक अनियमितता गरेको भन्दै सिरी ए क्लब युभेन्टसको १० अंक घटुवा गरेको छ ।

यसअघि, पनि संघले युभेन्टसको १५ अंकको घटुवा गरेको थियो । तर, जनवरीमा सो निर्णय रद्द गरिएको थियो । युभेन्टसले आर्थिक अनियमितता गरेको हो की हैन भन्ने विषयमा संघले पुनः अनुसन्धान गरेको थियो । युभेन्टसले अनियमितता गरेको प्रमाण भेटिएको भन्दै सिरी ए मा उसको १० अंक घटुवा गरिएको हो ।

संघको कारबाहीमा परेसँगै युभेन्टसले शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगको खेल्ने सम्भावना कठिन बनेको छ ।

अंक घटुवा भएसँगै युभेन्टस सिरी ए तालिकाको सातौँ स्थानमा झरेको छ । अहिले युभेन्टस ३६ खेलमा ५९ अंकसहित सातौँ स्थानमा छ । कारबाही अघि युभेन्टस ३६ खेलमा ६९ अंकसहित दोस्रो स्थानमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर