२० वर्षपछि न्युक्यासल च्याम्पियन्स लिगमा – Nepal Press

२० वर्षपछि न्युक्यासल च्याम्पियन्स लिगमा

काठमाडौं। लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिए पनि न्युक्यासल युनाइटेडले इङ्लिस प्रियिमर लिगको शीर्ष चारमा स्थान पक्का गर्दै आगामी सिजनका लागि च्याम्पियन्स लिग समूह चरणमा स्थान पक्का गरेको छ ।

इन्जुरी समयको दोस्रो मिनेटमा गोलकिपर निक पोपले टिमोथी कास्टान्जेको प्रहार विफल पार्दै न्युक्यासलको हारको संकट टारेका थिए ।

यसअघि कालुम विल्सन, मिग्वेल एल्मिरोन र ब्रुनो ग्युमारेजले गरेको प्रहारमा पोस्ट बाधक बन्दा न्युक्यासलले अग्रता लिने अवसर गुमाएको थियो ।

३७ खेलमा ७० अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक बढी हो । लिग च्याम्पियन म्यानचेस्टर सिटीको ३६ खेलमा ८८ र दोस्रो स्थानको आर्सनलको ३७ खेलमा ८१ अंक छ ।

न्युक्यासलले पछिल्लो २० वर्षमा च्याम्पियन्स लिगमा स्थान बनाएको यो पहिलो पटक हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर