काभा महिला भलिबल : लगातार जितको लक्ष्यसहित बंगलादेशसँग खेल्दै नेपाल – Nepal Press

काभा महिला भलिबल : लगातार जितको लक्ष्यसहित बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं । सोमबारदेखि सुरू भएको काभा महिला भलिबल च्यालेन्ज कपको प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा तुलनात्मक रूपमा कमजोर टिम बंगलादेशलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

आज हुने पहिलो खेलमा बिहान १० काजाकास्तान र श्रृलंकाबीच प्रतिस्पर्धा हुनेछ । भने, अर्को खेलमा भारत र किर्गिस्तान दिउसो १२:३० बजे आमने ‍सामने हुनेछन् ।

यस्तै,साँझ ६:३० बजे हुने खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगितामा नेपाल सहित ८ टिमको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर