शेर्पासँगको बराबरीसँगै चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा अंक दूरी बढाउने मौका – Nepal Press

शेर्पासँगको बराबरीसँगै चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा अंक दूरी बढाउने मौका

काठमाडौं । नव प्रवेशी चर्च ब्वाइज यूनाइटेडले जारी शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमाएको छ ।

सोमबार च्यासल रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको चर्च ब्वाइज ले दोसो स्थानको मछिन्द्रसँग ३ अंकको अग्रता बनाएको छ ।

चर्च ब्वाइजले २० खेलमा ३६ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रको समान खेलमा ३४ अंक छ ।

खेलको १२औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। तर, ३५औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा शेर्पा र चर्चले अंक बाँडे । शेर्पा २६ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *