काभा महिला भलिबल: किर्गिस्तानमाथि नेपालको सहज जीत – Nepal Press

काभा महिला भलिबल: किर्गिस्तानमाथि नेपालको सहज जीत

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटन खेलमा नेपालले किर्गिस्तानमाथि सहज जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-११ ले आफ्नो पक्षमा पारेको नेपालले किर्गिस्तानलाई दोस्रोमा २५-१९ र तेस्रो सेटमा २५-११ ले पछि पार्‍यो ।

उक्त खेलमा त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्ने मिडिल ब्लकर संगम महत्तो र न्यू डायमन्ड स्पोर्टस एकेडेमीकी बायाँ हाते स्पाइकर रीमा कुँवरले नेपालको राष्ट्रिय भलिबल टीममा डेब्यु गरेका छन् ।

नेपालले दोस्रो खेलमा भोलि बंगलादेशको सामना गर्नेछ ।

तस्विर : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर