पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन – Nepal Press

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन

पोखरा । सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ ।

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

‘कुन प्रदेशले के काम गरिरहेका छन्, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्ने, सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन हुन लागेको हो’, उनले भनिन्, ‘धेरै अधिकार हामीले पाएका छैनौं, पाएका अधिकार पनि उपयोग गर्न सकेका छैनौं, यस विषयमा सम्मेलनमा छलफल हुनेछ ।’

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *