रविलक्षित शंकर पोखरेलको टिप्पणी- छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुसँग के अन्तर छ ? – Nepal Press

रविलक्षित शंकर पोखरेलको टिप्पणी- छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुसँग के अन्तर छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिष्ट पोलिटिक्स गरेको टिप्पणी गरेका छन्।

उनले पपुलिष्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा केही अन्तर नभएको बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिष्ट पोलिटिक्स गर्नेहरूले ठिक र बेठिक छुट्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन् । यसरी उद्देश्य विहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा के अन्तर भयो र ? दुवै थरी जनताको निराशाको लाभ लिन खोजिरहेका छन् ।

संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्नेको प्रति असन्तुष्टि जनाए।

कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन’ उनले भनेका छन्।

सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्न नहुने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर