नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने – Nepal Press

नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

हिजो देखी सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

आजै राष्ट्रियसभामा पनि नीति कार्यक्रममाथि छलफल हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर