गोकुलम च्याम्पियन बन्दा साबित्रालाई सर्वाधिक गोलकर्ताको अवार्ड – Nepal Press

गोकुलम च्याम्पियन बन्दा साबित्रालाई सर्वाधिक गोलकर्ताको अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर साबित्रा भण्डारी इन्डियन वुमन्स लिगमा सर्वाधिक गोलकर्ताको अवार्ड पाएकी छन् ।

गोकुलम केरेला फुटबल क्लब च्याम्पियन बन्दा साबित्राले ५ ह्याट्रिक र ३० गोल गरिन् । सर्वाधिक गोलकर्ता बनेकी साबित्राले भारु एक लाख प्राप्त गरिन् ।

आइतबार सम्पन्न फाइनलमा साबित्राको टिम गोकुलम केरेलाले सरु लिम्बु र रेनुका नगरकोटेको क्लब किकस्टार्ट फुटबल क्लबलाई ५–० गोलको नतिजामा पराजित गर्दै उपाधि उचालेको हो । जहाँ साबित्राको एक गोल सामेल थियो ।

यो सहित गोकुलम तेस्रो पटक इज्डियन वुमन्स लिगको च्याम्पियन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर