भोजपुर बहुमुखी क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना – Nepal Press

भोजपुर बहुमुखी क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना

भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा ई-लर्निङ सेन्टर स्थापना भएको छ ।

ईश्वर मन्दिर संस्था काठमाडौंको सहयोगमा ई-लर्निङ सेन्टरको स्थापना भएको हो । ईश्वर मन्दिर संस्थाका संरक्षक एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भोजपुर बहुमुखी क्याम्पस प्रमुख भुलानाथ राईलाई सेन्टर हस्तान्तरण गरेका हुन् ।

ई-लर्निङ सेन्टर स्थापनाले क्याम्पसका विद्यार्थी, प्राध्यापकहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख भुलानाथ राईले बताए ।

ई-लर्निङ सेन्टरमा वीस सेट कम्प्युटर र अडिओ भिडिओ मनिटर लगाएतको १० लाख बराबरको सामग्री हस्तान्तरण गरिएको ईश्वर मन्दिर काठमाडाैंका महासचिव संकेत कोइरालाले बताए । ईश्वर मन्दिरले जिल्लाका पाँचभन्दा बढी विद्यालयलाई यसअघि सहयोग गरिसकेको छ ।

सोही कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफू अध्ययन गरेको भोजपुर बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । आफू र आफ्नो परिवारको तर्फबाट ६ लाख बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । क्याम्पसका जेहेनदार विद्यार्थीको लागि कोष स्थापना गरिदिने कोइरालाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर