आङटावाले पैसा लिएको भन्दै ५ जनाले दिए जाहेरी – Nepal Press

आङटावाले पैसा लिएको भन्दै ५ जनाले दिए जाहेरी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने संघारमा थप पाँचजना पीडितहरुले प्रहरीमा जाहेरी दिएका छन् । दोलखाबाट आएका पिडितहरुले पूवसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६/६ लाख लिएको पिडितहरुको दावी छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलार्ई पनि समावेश गरेको छ । प्रहरीले सकेसम्म आजै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ ।

आङटावाविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफंै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *