बाग्लुङकाे ढोरपाटन नगरपालिकाका मेयर ३ दिनदेखि ‘फरार’ – Nepal Press

बाग्लुङकाे ढोरपाटन नगरपालिकाका मेयर ३ दिनदेखि ‘फरार’

पोखरा । बाग्लुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबारदेखि सम्पर्कविहिन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् । ढोरपाटनका उपमेयर धनबहादुर कायतअनुसार उपमेयरलाई कार्यवाहकको पत्र थमाएर सम्पर्कविहिन भएका हुन् ।

‘शुक्रबार म कार्यक्रम भएकाले कार्यालय गएको थिएन, आज (आइतबार)कार्यालयमा जादा ‘म नआउँदासम्म कार्यवाहक सम्हाल्नुहोला’ भनेको ५ गतेको पत्र मैले पाए । मेयरसाबसँग सम्पर्क भएको छैन,’ उपमेयर कायतले भने ।

सहकारीको विषयमा मेयर सम्पर्कविहिन भएको वागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘उहाँ चाहिँ एमेज सहकारीको अध्यक्षसमेत हुनुहुन्छ, सहकारी बचत फिर्तासम्बन्धी इन्स्युमा अलिअलि तनाव छ । उहाँ सम्पर्कमा हुनुहुन्न भएन हामीले आज बिहान थाहा पाएका हौं,’ उनले भने ।

खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालको भनाइ छ । उनले भने, ‘बचतकर्ता तथा कर्मचारीहरुसँग छलफल गरिरहेका छौं । गृहमन्त्रीलाई लेखेर पठाएका छौं । प्रहरी परिचाहन भएको छ ।’

मेयर नेपालीले एक महिनाअघि विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए । मेयर नेपालीलाई सम्पर्क गर्न खोज्दा उनको फोन अफ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *